नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देशका सबै कम्युनिष्ट क्रान्तिकारीले अब नयाँ धरातलबाट हिड्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसका चुनौती’ विषयक विचार गोष्ठीमा उनले वैज्ञानिक समाजवाद प्राप्त गर्न अब समाजवादको क्रान्ति गर्नुपर्ने बताएका हुन् ।
‘तीनवटा प्रवृत्तिले अहिले नेपाल ग्रस्त छ । सत्तामा यथास्थितिवाद, वामपन्थी आन्दोलनमा दक्षिणपन्थीवाद, त्यसपछि सडकमा पूर्नउत्थानवादले नेपाल ग्रस्त छ । यो खतराको संकेत हो । त्यसकारण देशका सबै कम्युनिष्ट क्रान्तिकारीले बिल्कुल नयाँ धरातलबाट कहाँ के के गल्ती भयो छाती छाम्दै नयाँ धरातलबाट हिँड्नुबाहेक अर्को विकल्प छैन,’ खनालले भने, ‘यदि हामीले वैज्ञानिक समाजवाद प्राप्त गर्नुछ भने अब समाजवादको क्रान्ति गर्ने हो नि त । त्यसको लागि एकदम आधारभूत कुराहरू सोच्नुपर्ने आवश्यकता छ ।’
साथै उनले अहिलेको संसदीय व्यवस्था पुँजीवादी भएको बताए । खनालले अहिलेको व्यवस्था पुँजीवादी भएकाले त्यसमा केही तत्वहरू मात्र थप्न सफल भएको बताए ।
‘हाम्रो अहिलेको व्यवस्था पुँजीवादी हो । अहिलेको संसदीय व्यवस्था पुँजीवादी व्यवस्था हो । जसमा समाजवादी केही तत्वहरू मात्र थप्न सफल भएका छौँ,’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।