मोदीको सपथमा पाहुनालाई खुवाउन ४८ घन्टादेखि पकाइँदै छ दाल राइसिना

एजेन्सी– आज भारतमा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले दोस्रो पटक प्रधानमन्त्री पदको सपथ लिँदैछन् । यसका लागि उनले ८ हजार पाहुनालाई बोलाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि मोदीको सपथ कार्यक्रममा सहभागी हुन जाँदैछन् । भारतको राष्ट्रपति भवनमा ८ हजार पाहुना बोलाएर गर्न लागिएको कार्यक्रम यो पहिलो पटक हो भन्ने बताइएको छ ।

भारतीय मिडियालाई राष्ट्रपति भवनका प्रवक्ता अशोक मलिकले सपथ ग्रहण कार्यक्रममा पनीर टिक्का, समोसालगायतको व्यन्जन राखिएको जानकारी दिएका छन् । नन भेज र भेज खानेकुराहरुका साथै यसपटक राष्ट्रपति भवनमा विशेष परिकार पनि बन्दैछ । 

त्यो विशेष परिकार हो– दाल राइसिना । यसको रेसिपी पनि राष्ट्रपति भवनमा बनाइएको र यसलाई पकाउन ४८ घन्टाअघि नै सुरु गरिएको बताइएको छ । यसका लागि लखनउदेखि सामाग्रीहरु मगाइएको पनि बताइएको छ ।  
 





  • प्रकाशित मिति : जेठ १६, २०७६ बिहीबार १३:१४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया