१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

गाजामा भोकमरी : न निद्रा, न रोटी [तस्बिरहरू]
आपूर्ति बन्द हुँदा गाजामा मानवीय संकट

इजरायलको महिनौँ लामो नाकाबन्दीका कारण गाजापट्टीमा मानवीय संकट बढ्दै गएको छ । धेरै परिवार दैनिक भोकमरीको सामना गरिरहेका छन् ।


हमाससँग जनवरीमा भएको युद्धविराम सम्झौताको पहिलो चरणको अन्त्यपछि इजरायलले २ मार्चमा गाजामा सामान र आपूर्तिको प्रवेशमा रोक लगाएको थियो । १८ मार्चमा उसले गाजामा पुनः आक्रमण सुरु गर्‍यो । 



खाना, आपूर्ति र राहतको कुनै सम्भावना नहुँदा गाजाका बासिन्दा बाँच्नको लागि अथक संघर्ष गरिरहेका छन् ।



‘४०० ग्रामको पीठोको झोला–यसले के गर्न सक्छ ? यसले आठ वा नौ टुक्रा रोटी बनाउँछ । दिनको एक छाक मात्र । हामी भोक नलागी सुत्न सकौँ भनेर मात्र बेलुकाको खाना खान्छौं, ताकि बच्चाहरू निदाउन सकून्,’ विस्थापित गाजाका अशरफ अलसुवैरले भने ।

उत्तरी गाजाको बेत लाहियाबाट विस्थापित भएका तहरीर अबु जबलले अलसुवैरको चिन्ताप्रति सहमति जनाउँदै भनिन्, ‘आपूर्तिको अभावले जीवन अत्यन्तै कठिन बनाएको छ । विशेषगरी ठूला परिवारहरूको लागि ।’

‘मेरो परिवारका सात सदस्य छन् । बाह्र वा तेह्रजना भएकाहरूलाई के हुन्छ ? तिनीहरूले कसरी खुवाउने ? त्यहाँ कुनै आपूर्ति छैन । केही पनि देशमा प्रवेश गरिरहेको छैन,’ उनले भनिन् । 

गाजामा मानवीय संकट :



 

  • प्रकाशित मिति : १ जेठ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया