नेपाल विद्युत् प्राधिकरणको प्रमुख सबस्टेसन ढल्केबरमा आएको गम्भीर प्राविधिक समस्याका कारण देशभर विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारका अनुसार ढल्केबर सबस्टेसनमा उत्पन्न समस्याले काठमाडौं उपत्यकासहित अधिकांश भूभागमा विद्युत् आपूर्ति ठप्प भएको हो । ‘समस्या पहिचान गर्न प्राविधिक टोली खटिएको छ । पूर्णरूपमा सामान्य अवस्थामा फर्कन केही समय लाग्न सक्छ,’ शिल्पकारले भने ।
देशको विद्युत् वितरण प्रणालीमा ढल्केबर सबस्टेसन एक प्रमुख केन्द्रका रूपमा रहेकोले त्यहाँको सञ्जालमा उत्पन्न समस्या सिङ्गो प्रणालीमै असर पर्ने गरेको छ ।
प्राधिकरणले समस्या समाधानको प्रयास गरिरहेको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।