गाजामा बिहीबार भएको इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १०३ पुगेको छ ।
प्यालेस्टिनी उद्धारकर्ताहरूका अनुसार बिहीबार बिहानैदेखि व्यापक हवाई आक्रमण र तोप प्रहारका कारण ठूलो जनधनको क्षति भएको हो । इजरायली सेनाले ‘वेस्ट व्याङ्क’ क्षेत्रमा पनि छापा र सडक नाकाबन्दीको कार्यलाई तीव्र बनाएको छ ।
एक गर्भवती इजरायली महिलाको ज्यान गएको घटनापछि इजरायली सेनाले प्रतिशोधको कारबाही तीव्र पारेको बताइएको छ । मार्च २ देखि गाजामा मानवीय सहायता रोकिएको थियो भने मार्च १८ बाट पुनः सैन्य कारबाही सुरु गरिएको थियो ।
यसबीच, अमेरिका समर्थित मानवीय सहायता सञ्जालले यस महिनाको अन्त्यसम्ममा आपूर्ति सुरु गर्ने जनाएको छ । ह्युमन राइट्स वाच (एचआरडब्लु) का कार्यकारी निर्देशक फेडेरिको बोरेलोले बिहीबार जारी विज्ञप्तिमा भनेका छन्, ‘इजरायलको नाकाबन्दी सैन्य रणनीतिलाई पार गर्दै सर्वनाशको स्रोत बनिसकेको छ ।’
एचआरडब्लुका अनुसार गाजाको भौतिक संरचना ध्वस्त पार्ने र जनसङ्ख्यालाई सीमित क्षेत्रमा थुन्ने रणनीतिले ‘मानवताविरुद्धको अपराध, जातीय सफाया र नरसंहार’लाई व्यापक बनाउने खतरालाई उजागर गरेको छ ।
उत्तरी गाजाका ४३ वर्षीय नागरिक अमिर सेल्हाले रातभर चलेको भारी गोलाबारीबारे जानकारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।