अष्ट्रिया– उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा भियनास्थित नेपाली राजदूतावासको आयोजनामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ।
समाराेहलाई सम्बाेधन गर्दै उपराष्ट्रपति पुनले हिमाल र पर्वताराेहण नेपालकाे पहिचान भएकाे बताए । विश्वमा भएका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये ८ वटा नेपालमै हुनु गाैरवकाे विषय भएकाे उनकाे भनाइ थियाे ।
उपराष्ट्रपति पुनले नेपाल ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित समृद्धिको मार्गमा अगाडि बढिरहेको बताउँदै नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए।
उनले राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको योगदानलाई वृद्धि गर्दै नेपालको पहिचानलाई विश्वमाझ अझै फैलाउनका नेपालले भ्रमण वर्ष सन् २०२० मनाउन लागेको जानकारी समेत दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।