२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने कार्यसूची
फाइल तस्बिर

प्रतिनिधि सभाको आजको बैठक आज पनि बस्दैछ ।


बैठक ११ बजेदेखि सुरु हुने बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदहरूले धारणा राख्ने छन् । 



सांसदले धाराणा राख्नेक्रम आज सकिने छ । सांसदले धारणा राख्ने क्रम सकिएपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए । प्रतिनिधिसभामा गत ३० वैशाखदेखि सोही प्रस्तावमा छलफल भइरहेको थियो । 

सभामुख देवराज घिमिरेको अध्यक्षता रहने कार्यव्यवस्था परामर्श समितिले दलीय आधारमा छलफलको समयसीमा निर्धारण गरेको थियो । 





  • प्रकाशित मिति : २ जेठ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया