२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

चीनमा बढ्दै रोबोटको प्रयोग, अब खेतबारीमा पनि प्रयोग

चीनमा रोबोटको प्रयोग विस्तार हुँदै गएको छ । वृद्ध वृद्धाको हेरचाहदेखि कृषि कर्मका लागि रोबोटहरूको प्रयोग गराउन थालिएको छ ।


पूर्वी चीनको हाङझाउ सहरमा चिया बगानमा रोबोटहरू प्रयोग भइरहेका छन् । जसले चियाको पात टिप्ने काम गरिरहेका छन् ।



त्यस्तै वृद्ध हेरचाह गर्न र मानिसहरूलाई ओछ्यानबाट उठाउन पनि रोबोटको प्रयोग भइरहेका छन् । हेबेई प्रविधि विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले विकास गरेको रोबोटले आफ्नो हात फैलाएर कसैलाई ओछ्यानबाट सुरक्षित रूपमा उठाउन सक्छ।

हेबेई युनिभर्सिटी अफ टेक्नोलोजीका सह–प्राध्यापक मेकानिकल इन्जिनियरिङ लिउ जिक्सियाओका अनुसार रोबोटहरू मानिसजस्तै झुक्न र घुम्न सक्ने भएका छन् । उनी भन्छन्, ‘दुई पाखुराहरूले कुल ९० किलोग्राम भार बोक्न सक्छन्। रोबोटको प्रत्येक जोर्नीले मानिस जस्तै झुक्न र घुम्न सक्छ ।’



हालैको एक उद्योग प्रतिवेदन अनुसार, चीनको ह्युमनोइड रोबोट क्षेत्रको मूल्य वर्षको अन्त्यसम्ममा १.१४ अर्ब अमेरिकी डलरभन्दा बढी हुने अपेक्षा गरिएको छ, जुन विश्वव्यापी बजार हिस्साको आधा हिस्सा हो ।



 

  • प्रकाशित मिति : २ जेठ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया