जनकपुर– प्रदेश २ सरकारले गणतन्त्रवादी नेता स्व. रामराजाप्रसाद सिंहको सालिक निर्माण गर्ने भएको छ ।
प्रदेश सरकारले आयोजना गरेको तीनदिने गणतन्त्र दिवस कार्यक्रमको समापनका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सो घोषणा गरेका हुन् ।
समापन समारोहमा बेल्दै मुख्यमन्त्री राउतले गणतन्त्रको स्थापनाका लागि बलिदानी दिने अमर सहिदलाई स्मरण गर्दै उनीहरुले देखाएको सपना पूरा गर्ने अभिभारा आफूहरुको काँधमा आएको बताए ।
गणतान्त्रिक व्यवस्थाको सफलताको लागि प्रदेश सरकार सुशासन र समृद्धिलाई मूल आधार बनाएर अघि बढिरहेको दाबी गर्दै राउतले आगामी दिनमा समेत यसलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए ।
स्व. सिंहले गणतन्त्र स्थापनाको लागि अटुट संघर्ष गरेको स्मरण गर्दै राउतले उनको सम्झनामा प्रदेश सरकारले यसै वर्ष सालिक निर्माण गर्ने उद्घोष गरे ।
नेपाली सेनाको टोलीले सो अवसरमा राष्ट्रिय झन्डामाथि सलामी अर्पण गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।