काठमाडौं– अखिल नेपाल फुटबल संघ एन्फाले मलेसिया र चाइनिज ताइपेईसँग मैत्रीपूर्ण खेलका लागि मलेसिया जान लागेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिहीबार बिदाइ गरेको छ । नेपाली टोलीले एक साताको अवधिमा दुई मैत्रीपूर्ण फुटबल खेल्नेछ ।
जसअनुसार नेपालले आगामी जुन २ (जेठ १९)मा मलेसिया र जुन ६ (जेठ २३) मा चाइनिज ताइपेईसँग मैत्रीपूर्ण खेल खेल्दै छ। नेपाली टोलीको कप्तानी विराज महर्जनले गरेका छन् ।
टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले बिदाइ गरेका हुन् । बिदाइका अवसरमा देवकोटाले टोलीलाई दुवै खेलमा राम्रो प्रदर्शन गर्न शुभकामना दिए । नेपाली टोली बिहीबार साँझ मलेसिया प्रस्थान गर्दै छ ।
नेपाली टोलीको गोलकिपरमा किरण कुमार लिम्बु, विकेश कुथु, एलेन न्यौपाने छन् । त्यसैगरी डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तामाङ, अजित भण्डारी र रबि सिलवाल छन् ।
रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, सुमन बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, तेज तामाङ, अभिषेक रिजाल, अन्जन विष्ट, विमल राना र नवयुग श्रेष्ठले मिडफिल्डर तथा फरवार्डको भूमिका निर्वाह गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।