खाद्य संस्थान र नेसनल ट्रेडिङ गाभिने

काठमाडौं– सरकारले नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ कर्पोरेसन मर्ज गर्न लागेको छ । दुई सस्थान गाभेर सरकारले ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’ बनाउने निर्णय गरेको हो । 

मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन् ।

यसअघि संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेसनल ट्रेडिङ र खाद्य संस्थानको समायोजन गर्न निर्देशन दिएको थियो । 

समितिको निर्देशनअनुसार सरकारले दुई संस्थान मर्ज गर्ने निर्णय गरेको हो ।





  • प्रकाशित मिति : जेठ १६, २०७६ बिहीबार १७:८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया