नेपाली फिल्ममा पासवर्डमा सनी लियोनीको आइटम डान्स

काठमाडौं– नेपाली फिल्म ‘पासवर्ड’को प्रदर्शन मिति तोकिएको छ । यस चलचित्रको एक गीतमा बलिउड अभिनेत्री सनी लियोनीले आइटम डान्स गरेकी छिन् । भदौ २७ बाट प्रदर्शनमा आउने तय भएको सो फिल्म एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको हो । 

सम्राट बस्नेतले निर्देशन गरेको फिल्ममा अनुपविक्रम शाही, बुद्धि तामाङ, रवीन्द्र झा, विक्रम जोशी, प्रविन खतिवडा, धीरेन शाक्य, लिसा सुनार, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेतलगायत कलाकारको अभिनय हेर्न पाइनेछ । 

सनी लियोनीले आइटम डान्स गरेको गीत जेठ २० गते रिलिज हुनेछ । नेपाल, बेलायत, स्कटल्यान्ड र माल्समा छायांकन गरिएको फिल्म एक्सन कमेडी थ्रिलर जनारामा निर्माण गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

अमित बस्नेत र हिरालाल जोशीले संयुक्त रूपमा निर्माण गरेको पासवर्डमा सीमा गुरुङको कथा, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको कोरियोग्राफी रहेको छ । 





  • प्रकाशित मिति : जेठ १६, २०७६ बिहीबार १७:२१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया