एसइई मोडल हन्ट २०१९’को उपाधि युनिका पाठक र समीर तामाङलाई

काठमाडौं– ‘एसइई मोडल हन्ट २०१९’को उपाधि युनिका पाठक र समीर तामाङले हात पारेका छन् । 

मंगलबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न उक्त प्रतियोगिताको छात्रातर्फको शीर्ष उपाधि जितेकी युनिकाले मिस फोटो जेनिक र मिस पपुलरको अवार्ड समेत जितेकी छिन् । 

यस्तै, छात्रतर्फका शीर्ष विजेता समीरले मिस्टर मल्टिमिडिया र मिस्टर इस्टाइलिसको उपाधि पनि जिते ।

युनिका र समीरले उपाधिका साथमा ब्रिजवाटर इन्टरनेसनल कलेजबाट कक्षा १२ सम्मको अध्ययन छात्रवृत्ति, बज्र नानिताज फिटनेस सेन्टरका तर्फबाट ५० हजार बराबरको फिटनेस सुविधा र अन्य विभिन्न पुरस्कार हात पारेका छन् ।

छात्रातर्फ एलिसा पौडेल फस्र्ट रनरअप र अन्जिता छन्त्याल सेकेन्ड रनरअप घोषित भए भने छात्रतर्फ अतीत महर्जन फस्र्ट रनरअप र आर्यमान राजभण्डारी सेकेन्ड रनरअप घोषित भए । 





  • प्रकाशित मिति : जेठ १६, २०७६ बिहीबार १७:३७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया