२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

गभर्नर नियुक्तिको रस्साकस्सीबीच मन्त्रिपरिषद् बैठक स्थगित, छलफलमा जुट्दै ओली-देउवा

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिसँग जोडिएको संवेदनशील विषयमा राजनीतिक रस्साकस्सीबीच सोमबार साँझका लागि तय भएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार साँझ ६ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो।


आजको बैठकले राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ति गर्ने विषयमा निर्णायक छलफल र सम्भावित निर्णय गर्ने अपेक्षा गरिएको थियो । तर, सत्तारूढ गठबन्धनभित्र नै सहमति नजुटेकै कारण मन्त्रिपरिषद् बैठक नै सारिएको हो । 



यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबीच गभर्नर चयनबारे अन्तिम सहमति जुटाउने प्रयासस्वरूप भेटवार्ता तय गरिएको बताइएको छ । 

स्थगित मन्त्रिपरिषद् बैठक कहिले बस्ने भन्नेबारे औपचारिक निर्णय भइसकेको छैन । 





  • प्रकाशित मिति : ५ जेठ, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया