२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

जनतामा क्रान्तिको चेत अझै उस्तै छ : प्रचण्ड
फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा क्रान्तिको चेत अझै उस्तै रहेको बताएका छन् । 


छेडागाड नगरपालिका–१२ मनघाटमा आयोजित जनसभालाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले २७ वर्षअघिको क्रान्तिको गति र अहिलेको गति एकै खालको देखिएको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले जनयुद्धमा जाजरकोटले पुर्‍याएको योगदानको प्रशंसा गरे ।



जनयुद्धको केन्द्रीय आधार इलाका रहेको जाजरकोट आजको परिवर्तनको हिस्सेदार रहेको उनको भनाइ थियो । १० वर्षदेखि अलपत्र शान्ति प्रक्रियाका काम विधेयकमार्फत समाधान गर्ने प्रयास भएको उनले बताए । 

अब फेरि जनताले माओवादीलाई बलियो बनाए मात्र सबै जनता बलियो हुने प्रचण्डको भनाइ छ । ‘हामीले गरेका गल्ती कमजोरी सच्याउने प्रयास हामीले गरिरहेका छौँ’, उनले भने, ‘अब फेरि हामीलाई तपाईँहरूले साथ दिनुभएमा जनता बलियो जनसाधारण बलियो हुनेछ ।’ 





  • प्रकाशित मिति : ५ जेठ, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया