१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

इरानले भन्यो- अमेरिकाको नीति अस्थिर र दुर्भाग्यपूर्ण

इरानका परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाइले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आफ्नो देशले ‘युरेनियम समृद्धिको अधिकारलाई अडिग र असमझौता योग्य विषय’ का रूपमा लिएको स्पष्ट गरेका छन् ।


उनले यो धारणा अमेरिकी विशेष दूत स्टिभ विटकोफको अभिव्यक्तिको सन्दर्भमा व्यक्त गरे, जसमा उनले इरानलाई युरेनियम समृद्धिमा प्रतिबन्ध लगाउने विषयमा आफ्नो देशको कडा नीति दोहोर्याएका थिए । 



प्रवक्ता बघाइले भने, ‘इरानले आफ्नो भूमिमा युरेनियम समृद्धिका लागि कसैको अनुमति लिनु पर्ने छैन । यो अधिकार अन्तर्राष्ट्रिय सन्धि, विशेषतः आणविक हतियार नफैलाउने सन्धी (एनपीटी) द्वारा स्पष्ट रूपमा सुनिश्चित गरिएको छ ।’

उनले युरेनियम समृद्धि गर्नु मात्रले कुनै राष्ट्रले अशान्तिपूर्ण उद्देश्य राखेको भन्ने ठहर गर्नु अनुचित र भ्रामक धारणा भएको पनि उल्लेख गरे । उनका अनुसार विश्वमा कैयौँ देशहरूले युरेनियम समृद्धि गरिरहे पनि उनीहरूसँग आणविक हतियार छैन ।



बघाईले पछिल्ला अप्रत्यक्ष वार्ताहरूमा केही सकारात्मक सङ्केत देखिएको जनाउँदै भने, ‘वार्ता सकिएपछि केही समझदारीको वातावरण बनेको महसुस हुन्छ, तर अमेरिकामा फर्किएपछि उहाँहरूको धारणा फेरिने देखिन्छ, जुन दुर्भाग्यपूर्ण हो ।’ 



  • प्रकाशित मिति : ५ जेठ, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया