दाइजोमा मोटरसाइकल नल्याएकोमा श्रीमतीको हत्या

महोत्तरी– १४ जेठमा कुटपिट गरि हत्या गरिएकी विमलादेवीको माइती पक्षले किटानी जाहेरी दिएपछि उनका श्रीमान् र ससुरा पक्राउ परेका छन् । प्रहरीले विमलादेवीका श्रीमान् बलेश्वर यादव र उनका बाबु शंकर यादवलाई पक्राउ गरेको हो । 

२० वर्षीया विमलादेवीको हत्या उनकै श्रीमान् बलेश्वरले गरेको आरोप विमलाका बुबा कमलेशले लगाएका छन् । उनले आफूहरुले बेहुला पक्षले मागेअनुसार दाइजो दिएको तर मोटरसाइकल दिन नसकेकाले विमलादेवीको हत्या भएको आरोप लगाएका हुन् । उनले विवाहमा केटा पक्षको मागअनुसार पाँच लाख, सुन, चाँदी, कपडा तथा अन्य सरसामान दिइएको तर मोटरसाइकल पनि माग गरेका थिए, त्यो दिन नसकेको बताएका छन् । 

बलेश्वर र विमलाको तीन वर्षअघि विवाह भएको थियो । ‘घटना शंकास्पद छ,’ जिल्ला प्रहरी कार्यालयले जनाएको जछ । 

विमलाको शव जलेश्वर अस्पतालमा राखिएको छ । उनको बिहिबारमात्र पोस्टमार्टम भएको छ । पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।





  • प्रकाशित मिति : जेठ १७, २०७६ शुक्रबार ९:१३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया