१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

‘ठूलो संकट नआए विद्यालय शिक्षा विधेयक १५ असारभित्र सदनमा पेस हुन्छ’

विद्यालय शिक्षा विधेयक–२०८० का सम्बन्धमा गठित उपसमितिले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई प्रतिवेदन बुझाइसकेको छ । ४५ दिन लगाएर समितिले १६३ दफामा रहेको विधेयकलाई १७२ दफा बनाएको छ । यस्तै, १०१ दफा संशोधन गरिएका छन् भने १३ दफा थपिएका छन् । विधेयकमा रहेका विभिन्न ४ वटा दफा हटाइएका छन् । यस्तै, १३ दफा सट्टामा राखिएका छन् ।


शिक्षा समितिको गत ८ चैतको बैठकले विधेयकमाथि दफावार छलफलका लागि समिति सदस्य छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । समितिले एसइई परीक्षा नहुने, जिल्ला शिक्षा कार्यालय नरहने, आन्तरिक प्रतिस्पर्धाबाट ६० र खुलाबाट ४० प्रतिशत शिक्षक नियुक्ति गर्ने, प्रतिस्पर्धामा फेल भए सुविधासहित बिदाइ गर्ने, प्रधानाध्यापक प्रदेशबाट प्रतिस्पर्धामा चयन गर्ने, प्रधानाध्यापक विषयगत शिक्षक नहुने, निजी विद्यालयलाई छात्रवृत्तिमा कडाइ गर्दै नियमन गर्ने, शिक्षकको सरुवा ५ देखि ७ वर्षमा मात्र हुने, लगायत विषयमा उपसमितिले सहमति जुटाएको छ । उपसमितिले बालविकास कक्षालाई कति वर्ष राख्ने र निजी विद्यालयलाई शैक्षिक गुठीमा लैजाने कि नलैजाने भन्ने विषयमा भने सहमति जुटाउन सकेन । उक्त विषयलाई शिक्षा समितिको पूर्ण बैठकले नै निकाल्ने जनाइएको छ । 



समितिले प्रतिवेदन बुझाएसँगै नेपाल शिक्षक महासंघले असन्तुष्टि जनाएको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलगायत पदाधिकारीले उपसमितिले तयार गरेको प्रतिवेदन पूर्वाग्रही, पश्चगामी भएको जनाएका छन् ।

महासंघले शिक्षकको आवधिक बढुवा, सरुवा, अस्थायी प्रकृतिका शिक्षकलाई स्थायी गर्न आन्तरिक  प्रतिस्पर्धाका लागि प्रस्तावित व्यवस्था, माध्यमिक शिक्षा परीक्षा (एसइई) बोर्डले गर्नेलगायत विषयमा आपत्ति जनाइरहेको छ । आफ्ना माग सम्बोधन पूरा नभए २० चैतको भन्दा ठूलो आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् । आगामी १५ असारभित्र प्रस्तावित शिक्षा विधेयकलाई टुंगोमा पुर्याएर सबै राजनीतिक दल र शैक्षिक सरोकारवाला पक्षहरूलाई समेट्दै सदनमा पुर्याउनुपर्ने वाध्यतामा शिक्षा समिति रहेको छ ।



प्रस्तुत छ, उपसमितिले दिएको सुझाव र उपसमितिको प्रतिवेदन सार्वजनिक भएपछि शिक्षक महासंघले जनाएको असन्तुष्टिलाई सम्बोधन गर्दै शिक्षा समिति कसरी अघि बढ्छ ? उपसमितिले सहमति जुटाउन नसकेका विषयमा समितिले अब के गर्छ ? लगायत विषयमा फरकधारकर्मी मिलन दाहालले प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापासँग गरेको कुराकानी :



  • प्रकाशित मिति : ६ जेठ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया