अस्पताल प्रशासन र पीडित परिवारबीच वार्ता हुँदै

चितवन– भरतपुर अस्पतालमा उपचारका क्रममा बालकको मृत्युपछि आफन्त र स्थानीयले चिकित्सकको लापरर्वाहीका कारण भएको आरोप लगाएका छन् । बालकको मृत्युपछि अहिले भरतपुर अस्पताल र पीडित परिवारकाबिच वार्ता मार्फत् समस्याको समाधान गर्न  पहल भइरहेको प्रहरीले जानकारी दिएको छ ।  

मृत्यु हुनेमा रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नम्बर ५ वस्ने प्रकाश वस्नेतका १४ महिनका छोरा रहेका छन् । निमोनियका कारण उपचारका लागि जेठ १४ गते भरतपुर अस्पताल ल्याईएका बालकको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको थियो ।

बालकले आमाको दुध खाने समयमा दुध सकिएर मृत्यु भएको अस्पतालले जनाएको छ । बालकको मृत्युपछि बालकका आफन्त र सर्वसाधरणले  चिकित्सकको लापरर्वाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित बनेका थिए । 

आक्रोशित भिडले होहल्ला गरेको भन्दै बिहीबार साँझ प्रहरीले सामाजिक अभियान्त अर्जुन भुसाल सहित ६ जनालाई नियन्त्रर्णमा लिएको प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । 





  • प्रकाशित मिति : जेठ १७, २०७६ शुक्रबार ११:१७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया