३ फागुन, २०८२ आइतबार
Feb. 15, 2026

लखनउले गुजरातलाई दियो २३६ रनको लक्ष्य, मिचेल मार्शको शतक

इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले गुजरात टाइटन्सलाई २ सय ३६ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको लखनउले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २ सय ३५ रन बनायो । 

उसका लागि ओपनर मिचेल मार्शले शतकीय पारी खेले । उनले ६४ बलमा आठ छक्का र १० चौकासहित १ सय १७ रनको पारी खेलेका हुन् । आइपिएल करियरमा मार्शको यो पहिलो शतक हो । 



यस्तै, निकोलश पूरनले पनि उत्कृष्ट ब्याटिङ गरे । उनले २७ बलमा चार चौका र पाँच छक्काको सहयोगमा अविजित ५६ रन बनाए । यस्तै, एडन मार्कमले २४ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३६ रन जोडे । 



त्यस्तै, कप्तान ऋषभ पन्तले ६ बलमा दुई छक्कासहित अविजित १६ रन बनाए । गुजरातका लागि साई किशोर र अर्शद खानले एक/एक विकेट लिए ।

जारी सिजनमा गुजरात उच्च लयमा छ । उसले १२ म्याच खेल्दा ९ मा जित र तीन खेलमा हारको सामना गरेको छ । गुजरात अंक तालिकाको शीर्ष स्थानमा छ । 

प्लेअफ दौडबाट बाहिरिसकेको लखनउ अहिले तालिकाको सातौं स्थानमा छ । उसले १२ म्याच खेल्दासम्म सातमा हार तथा पाँच खेलमा मात्र जित निकालेको छ ।  



  • प्रकाशित मिति : ८ जेठ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया