१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

रवि लामिछानेलाई थुनामा पठाउने आदेश सर्वोच्चबाट सदर
लामिछाने थुनामै रहने
फाइल तस्बिर

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेश सदर गरेको छ ।


न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले शुक्रबार लामिछानेलाई थुनामुक्त गराउन दायर गरिएको उनकी पत्नी निकिता पौडेलको बन्दीप्रत्यक्षीकरण निवेदन खारेज गरेको हो ।  



अब सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दा जिल्ला अदालत रूपन्देहीबाट टुंगो नलागेसम्म लामिछाने थुनामा रहने छन् । उनी थुनामुक्त हुन जिल्ला अदालतबाट सफाइ पाउनुका साथै अन्य आरोपहरूबाट समेत उन्मुक्त हुनुपर्नेछ । 

सुप्रिम सहकारी प्रकरणमा उच्च अदालत बुटवलले जिल्ला अदालतको आदेश उल्ट्याउँदै लामिछानेलाई थुनामा पठाउने निर्णय गरेको थियो । 



उक्त आदेशविरुद्ध लामिछाने पत्नी पाैडेलले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणसहित आदेश बदरको निवेदन दर्ता गराएका थिए । 



  • प्रकाशित मिति : ९ जेठ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया