३ फागुन, २०८२ आइतबार
Feb. 15, 2026

हैदराबादले आरसिबीलाई दियो २३२ रनको लक्ष्य, इशान किशनको उत्कृष्ट ब्याटिङ

इण्डियन प्रिमियर लिग (आइपिएल) सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) लाई २ सय ३२ रनको लक्ष्य दिएको छ ।

लखनउस्थित भारत रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ३१ रन बनायो ।



उसका लागि इशान किशनले उत्कृष्ट पारी खेले । उनले ४८ बलमा सात चौका र पाँच छक्कासहित अविजित ९४ रनको पारी खेलेका हुन् ।



यस्तै, अभिषेक शर्माले ३४, अनिकेत वर्माले २६, हेनरिक क्लासेनले २४, ट्रभिस हेडले १७, कप्तान प्याट कमिन्सले अविजित १३ तथा अभिनव मनोहरले १२ रन जोडे । 

आरसिबीका लागि रोमारियो शेफर्डले दुई तथा भुवनेश्वर कुमार, लुंगि एन्गिडी, सुयश शर्मा र कृणाल पाण्ड्याले एक/एक विकेट लिए । 

जारी सिजनमा बेंगलुरु उच्च लयमा छ । उसले १२ खेल खेल्दा आठमा जित, तीनमा हार तथा एक खेलमा अंक बाँडेको छ । 



आरसिबी १७ अंकसहित अहिले तालिकाको दोस्रो स्थानमा छ । उसले प्लेअफमा स्थान बनाइसकेको छ । 

गत सिजनको उपविजेता हैदराबाद भने प्लेअफ दौडबाट बाहिरिसकेको छ । उसले १२ म्याच खेल्दासम्म सातमा हार, चारमा जित र एक खेलमा अंक बाँडेको छ । हैदराबाद तालिकाको आठौँ स्थानमा छ । 

  • प्रकाशित मिति : ९ जेठ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया