ट्रम्पसँगको भेट असफल बनाएको भन्दै किमले दिए पाँच अधिकारीलाई मृत्युदण्ड

एजेन्सी– यही वर्षको फ्रेबुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच भियतनाममा भेटवार्ता भएको थियो । उनीहरुबीचको यो दोस्रो भेट थियो । यसअघि सिङ्गापुरमा भेट गरेका यी दुई नेताको भियतनामको भेट भने उपलब्धिमुलक रहेन ।

त्यसपछि अमेरिका र उत्तर कोरियाबीच विभिन्न विषयमा मतभेद कायम छ । 

यसबीच त्यो भेट सफल बनाउन सहयोग नगरेको भन्दै किमले आफ्ना पाँच अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएका छन् । दक्षिण कोरियाको एक पत्रिका चोसन इल्बोले यसको खुलासा गरेको हो । 

पत्रिकामा छापिएको रिपोर्टअनुसार किमले आफ्ना अधिकारीहरुलाई गोली हानी हत्या गर्ने सजाय दिएका हुन् । यी अधिकारीमा उत्तर कोरियाका अमेरिकीस्थित विशेष अधिकारी पनि सामेल भएको त्यो पत्रिकाको रिपोर्टमा प्रकाशित छ ।

रिपोर्टका अनुसार किमले मिटिङ तय गराएका विशेष प्रतिनिधि ह्योक चोललाई धोका दिएको आरोपमा मृत्युदण्डको फैसला सुनाएका हुन् । भियतनामको मिटिङमा किम र ट्रम्पसँगै चोल पनि थिए । उनलाई अन्य चार अधिकारीसँगै मृत्युदण्ड दिइएको हो । अन्य चार अधिकारी को थिए भन्ने पत्रिकाले खुलाएको छैन । 

त्यसो त यसअघि पनि किम जङ उनले अन्य अधिकारीहरुलाई पनि मृत्युदण्डको सजाय सुनाएका छन् । उनले आफ्ना काका तथा राजनीतिक गुरु पनि मानिने जङ साङ थायकलाई पनि देशद्रोह तथा भ्रष्टाचारको मुद्दामा मृत्युदण्ड दिएका थिए । थायककी पत्नीलाई पनि विष खुवाएर हत्या गरिएको थियो । 





  • प्रकाशित मिति : जेठ १७, २०७६ शुक्रबार १३:५५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया