विश्वकप २०१९: वेस्ट इण्डिज र पाकिस्तान भिड्दै

एजेन्सी– आइसिसी एक दिवसिय विश्वकप २०१९ अन्तर्गत अजा हुने दोस्रो खेलमा पाकिस्तान र वेस्ट इण्डिज आमनेसामने हुँदै छन् । बेलायतको ट्रेन्ट ब्रिजको नोट्टिङ्हममा आज खेल हुँदैछ । 

पछिल्ला १० एक दिवसिय म्याचमा लगातार खराब प्रदर्शन गरिरहेको पाकिस्तानका लागि यो खेल सहज नहुने अनुमान छ । अभ्यास खेलमा पनि पाकिस्तान अफगानिस्तानसँग पराजित भएको थियो । त्यसैले उसलाई वेस्ट इन्डिज कडा प्रतिस्पर्धी हुने अनुमान गरिएको छ । 

त्यसमाथि वेस्ट इन्डिजले पछिल्ला खेलमा निकै राम्रो प्रदर्शन गरिरहेको छ । कतिसम्म भने उसले अभ्यास खेलमा न्युजिल्यान्डसँग खेल्दा ४ सय २१ रनको विशाल लक्ष्य बनाएको थियो । यो वेस्टइन्डिजको अप्रत्याशित सुधारका रुपमा लिइएको छ ।

त्यसो त आइसिसीको विश्व वरियतामा वेस्टइन्डिज पाकिस्तानभन्दा एक स्थानले पछाडि छ । पाकिस्तान र वेस्टइन्डिज विश्व वरियतामा सातौं र आठौं स्थानमा छन् । 

पहिलेका खेललाई हेर्ने हो भने पनि पाकिस्तानले वेस्ट इण्डिजविरुद्ध अहिलेसम्म खेलेका १० विश्वकप खेलमा ३ म्याच मात्रै जितेको छ । 

वेस्ट इण्डिज विश्वकपका दुई सुरुवाती संस्करण १९७५ र १९७९ को विजेता हो भने पाकिस्तान सन् १९९२ को । 





  • प्रकाशित मिति : जेठ १७, २०७६ शुक्रबार १४:१९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया