नेपाल विद्यालय कर्मचारी परिषद्ले लामो समयदेखि देशभरका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको हकअधिकारका लड्दै आइरहेको छ । गत २० चैतमा नेपाल शिक्षक महासंघको आह्वानमा एक महिना काठमाडौं केन्द्रित सडक आन्दोलन गरेका विद्यालय कर्मचारीहरू अझै पनि सडक संघर्षमै छन् ।
बन्दै गरेको विद्यालय शिक्षा ऐनमा कर्मचारीलाई पनि समेट्नुपर्ने, कर्मचारीको दरबन्दी सिर्जना गरेर पद तोकी तलब तथा सेवासुविधा उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै आन्दोलन गरिरहेको विद्यालय कर्मचारी परिषद्ले जेठ सात गते आन्दोलन स्थगित गरेको छ । गत वैशाख १७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सहमतिमा असन्तुष्टि जनाउँदै आन्दोलनलाई जारी राखेको थियो ।
शिक्षा मन्त्रालयले कर्मचारीको बिरामी बिदा सञ्चित गर्ने, दुर्गम भत्ता उपलब्ध गराउने, ६० वर्ष उमेर पुगेका कर्मचारीलाई कानुन बमोजिम सेवासुविधा दिने विषयमा ऐनको अधीनमा रही मन्त्रालयको तर्जुमा गरिने नियम, निर्देशिका वा कार्यविधिमा समावेश गर्ने प्रक्रियामा अघि बढाउन शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेपछि विद्यालय कर्मचारीले अहिले आन्दोलन स्थगित गरेका छन् ।
तत्कालका लागि आन्दोलन स्थगित मात्र भएको तर नसकिएको कर्मचारी परिषद्ले जनाउँदै आएको छ । आफ्नो माग मुद्दा सम्बोधन नभए अब शान्तिपूर्ण आन्दोलन नगर्ने चेतावनी दिँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।