नेपाली क्रिकेट प्रशिक्षकमा उमेश पटवाल नियुक्त

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपालको क्रिकेट प्रशिक्षकमा उमेश पटवाललाई नियुक्त गरेको छ । राखेपले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)मार्फत पटवाललाई प्रशिक्षकमा नियुक्त गरेको हो ।

शुक्रबार साँझ ५ बजे पटवाल र राखेपबीच सम्झौतामा हस्ताक्षर हुने पक्का भएको छ । पटवाललाई मासिक ७ हजार डलर पारिश्रमिक दिने गरी करार गर्न लागिएको स्रोतको दाबी छ । सो रकम आइसिसीले नै दिनेछ ।

पटवाल सन् २०१४ को एसिया कप, टी–२० विश्वकप र २०१५ को विश्वकपमा ब्याटिङ प्रशिक्षक थिए । त्यसअघि उनी सन् २०१० मा अफगानिस्तान टिमको ब्याटिङ सहयोगी थिए । 

गत माघमा नेपाली क्रिकेट टिमले युएईमा एकदिवसीय र टी–२० सिरिज खेल्दा ४६ वर्षका पटवालले ब्याटिङ कन्सल्ट्यान्टको जिम्मेवारी निभाएक थिए । २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोट प्रतियोगितामा पनि उनी ब्याटिङ कन्सल्ट्यान्टका रूपमा थिए । उनलाई आइसिसीले ब्याटिङ कन्सल्ट्यान्टका रूपमा पठाएको थियो ।

पटवालले पहिलो पोखरा प्रिमियर लिग (पिपिएल)मा प्रतियोगिताको निर्देशकका रुपमा काम गरेका थिए । त्यसअघि उनले एभरेस्ट प्रिमियर लिग (इपिएल)मा टिम विराटनगर वारियर्सको प्रशिक्षकका रुपमा काम गरेका थिए । 

नेपाली क्रिकेटलाई नजिकबाट नियालेका पटवालको प्रशिक्षणबाट नेपाली क्रिकेटले फड्को आशा गरिएको छ । 





  • प्रकाशित मिति : जेठ १७, २०७६ शुक्रबार १४:४१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया