सहमतिअनुसार सरकार परिवर्तन भए एकता दिगो हुन्छ : वामदेव

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता वामेदव गौतमले सहमतिअनुसार सरकार परिवर्तन भए एकता दिगो हुने बताएका छन् । नेकपा सचिवालय सदस्यसमेत रहेका गौतमले प्रेस संगठन नेपालद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सहमतिअनुसार पार्टी सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् । 

गौतम नेकपाको जिल्ला कमिटी सदस्यलाई शपथ गराउन अहिले प्युठान पुगेका छन् । नेकपाले पाँच वर्ष सरकार सञ्चालनको जिम्मा पाएको भन्दै उनले अध्यक्षद्वय ओली र प्रचण्डले पालोपालो सरकार चलाउने बताए । 

चुनाव जितेको भएको भए आफू अहिले ३ नम्बरको नेता हुने उल्लेख गर्दै गौतमले त्यसो भएको भए आफूले पनि प्रधानमन्त्रीको दाबी गर्न सक्ने उनको भनाइ थियो । देशको परिवर्तनका लागि सरकार परिवर्तन हुन आवश्यक रहेको गौतमले ठहर गरे ।

उनले सरकारले ल्याएको बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् । बजेट जनपक्षीय भएको भन्दै उनले नेकपा नेतृत्वको सरकारले ५ वर्षभित्र विकास गरेर देखाउने दाबी गरे । 





  • प्रकाशित मिति : जेठ १७, २०७६ शुक्रबार १५:२७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया