क्रिकेटिङ नेपाल डटकमको ब्रान्ड एम्बेसडरमा दीपेन्द्र सिंह ऐरी

काठमाडौं– क्रिकेटिङ नेपाल डटकमको ब्रान्ड एम्बेसडरमा दीपेन्द्रसिंह ऐरी नियुक्त भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्स्म्यान ऐरी शुक्रबार ब्रान्ड एम्बेसेडर नियुक्त भएका हुन् ।

दीपेन्द्र आगामी डिसेम्बरसम्मका लागि ब्रान्ड एम्बेसडरमा नियुक्त भएका हुन् । सो अवधिभर उनले आफूले सहभागिता जनाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा क्रिकेटिङ नेपालको स्टिकर आफ्नो ब्याटमा प्रयोग गर्नेछन् । 

सन् २०१७ मा कीर्तिपुरमा भएको आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पिनयसिपअन्तर्गत केन्याविरुद्धको खेलबाट डेब्यु गरेका दीपेन्द्रले लगातार नेपाली टोलीमा आफ्नो स्थान बनाएका छन् । 





  • प्रकाशित मिति : जेठ १७, २०७६ शुक्रबार १६:१०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया