१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

यसैगरी देश बिग्रिए युवाको भविष्य तहसनहस हुनेछ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको युवालाई नेता र पार्टी भनेपछि वितृष्णा आउने गरेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समयको राजनीतिक अवस्था देखेर युवालाई राजनीतिप्रति घृणा पैदा भइरहेको बताएका हुन् ।


उनले देश बिग्रियो भने युवाको भविष्य बिग्रने दाबी गरे । उनले देशका तीन ठूला दलका नेताहरूका कारण देश बिग्रिएकाले युवाहरूको भविष्य अन्योलमा परेको बताए । उनले तीन करोड जनसङ्ख्या भएको देशमा ६० लाख भन्दा बढी विदेशमा छन् भने देशको अवस्था  कस्तो होला भन्दै प्रश्न गरे ।



उनले  शान्तिपूर्वक ढङ्गले लाखौँ जनता सडकमा आयौँ भने एकै दिनमा गणतन्त्र समाप्त हुने  बताएका थिए । त्यस्तै कार्यक्रममा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली नागरिकलाई अबको बाटो नेतालाई छाड्ने या आफै अगाडि आउने भन्ने आफैँमा भर पर्ने बताए । 





  • प्रकाशित मिति : १३ जेठ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया