२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

कमल थापाको दाबी- अबको आन्दोलन निर्णायक हुनेछ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेठ १५ गतेदेखि हुने आन्दोलन निर्णायक हुने दाबी गरेका छन् । 


मंगलबार काठमाडौंमा आयोजित राप्रपा नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूको संयुक्त विस्तारित बैठकमा उनले राष्ट्र व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति एवम् सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ आन्दोलन गर्न लागिएको बताए ।



उनले जेठ १५ को आन्दोलनलाई निष्कर्षमा पुर्याउनेगरी निर्णायक आन्दोलनका रूपमा अगाडि बढाउन खोजिएको बताएका हुन् । 

उनले भने, ‘जेठ १५ गतेदेखि हुने आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने र निर्णायक आन्दोलनका रूपमा अगाडि बढाउन खोजिरहेका छौ । राष्ट्र व्यवस्था र भ्रष्ट शासकबाट मुक्त हुन, हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना गर्न र संघीयताको खारेजी तथा सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ विगत लामो समयदेखि हामी निरन्तर संघर्षमा रहँदै आएका छौ । देशका विभिन्न जिल्लाहरूमा र काठमाडौं केन्द्रित विरोध प्रदर्शन एवम् सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गरिरहेका हौँ ।’



यस्तै, उनले आन्दोलन कुनै पनि दल वा सरकारको विरुद्धमा नभई देशमा १८ वर्षदेखि कायम रहेको भ्रष्ट व्यवस्था र शासनबाट मुक्तिका लागि भएको पनि बताए । 

उनले भने, ‘यो आन्दोलन एउटा पार्टीको मात्र आन्दोलन होइन । यसमा आबद्ध भएका ३५ दल र समूहहरूको मात्र आन्दोलन पनि होइन । यसलाई आम जनताको खास गरी राष्ट्रवादी विचारधारा राख्ने जनताको साझा आन्दोलनको रूपमा अघि बढाउने हाम्रो प्रयास हो । यसमा आम जनताको सहभागिताका लागि आह्वान गरेका छौँ । र काठमाडौं बाहिरबाट पनि धेरै ठूलो सङ्ख्यामा जनताको सहभागिता हुने आशा लिएका छौँ । आन्दोलन कुनै पनि दलका विरुद्धमा होइन, सरकारको विरुद्धमा पनि होइन । आन्दोलन देशमा १८ वर्षदेखि कायम रहेको भ्रष्ट व्यवस्था र शासनबाट मुक्तिको आन्दोलन हो ।’   



  • प्रकाशित मिति : १३ जेठ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया