१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट [पूर्णपाठसहित]

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट पेस गरेका छन् । बिहिबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षका लागि विनियोजन र स्रोत व्यवस्थापनको अनुमान सार्वजनिक गरेका हुन् ।


अर्थमन्त्री पौडेलका अनुसार आगामी आर्थिक वर्षमा चालुतर्फ ११ खर्ब ९० अर्ब ९८ करोड (६०.१ प्रतिशत), पुँजीगततर्फ चार खर्ब सात अर्ब ९९ करोड २०.८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब ७५ अर्ब २४ करोड १९.१ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।



यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ५.६ प्रतिशतले र संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

राजस्व र वैदेशिक सहायता परिचालन गर्दा अपुग हुने खुद तीन खर्ब ६२ अर्ब रुपैयाा आन्तरिक ऋणबाट ब्यहोरिने अर्थमन्त्रीको भनाइ छ । 



बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेल



  • प्रकाशित मिति : १५ जेठ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया