टर्कीले शुक्रबार युक्रेनमा तीन वर्षदेखि चलिरहेको युद्धको अन्त्यतर्फ अगाडि बढ्ने प्रयासमा अमेरिकी, रुसी र युक्रेनी राष्ट्रपतिहरूबीच भेटघाटको आयोजना गर्ने प्रस्ताव राखेको छ ।
किएभ र मस्को दुवैसँग सम्बन्ध कायम राख्न प्रयास गरेको नाटो सदस्य टर्की तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्ध अन्त्य गर्न सम्झौताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबमा मुख्य मध्यस्थकर्ता बनेको छ ।
‘हामी इमान्दारीपूर्वक सोच्छौँ कि रेसेप तैयप एर्दोगानको नेतृत्वमा ट्रम्प, भ्लादिमिर पुटिन र भोलोदिमर जेलेन्स्कीबीच भेटघाटका साथ पहिलो र दोस्रो प्रत्यक्ष इस्तानबुल वार्तालाई समापन गर्न सम्भव छ,’ विदेशमन्त्री हाकान फिदानले किएभको भ्रमणका क्रममा भने ।
‘हामी या त यस युद्धको निरन्तरतामा आँखा बन्द गर्न सक्छौँ वा वर्षको अन्त्यअघि दिगो शान्ति प्राप्त गर्न सक्छौँ, युद्धविराम र शान्तिका लागि अपेक्षाहरू बढेका छन्”, उनले अगाडि भने, ‘जबसम्म हामी वार्ताको टेबलमा रहन्छौँ तबसम्म निश्चित रूपमा प्रगति हुनसक्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।