१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

चीनसँग फेरि व्यापार तनावको संकेत : ट्रम्पको आरोप- सम्झौता उल्लंघन भयो

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग पुनः व्यापार तनाव चुलिन सक्ने संकेत गरेका छन् । उनले बेइजिङले हालैको कर घटाउने समझदारीको उल्लंघन गरेको आरोप लगाएका छन् ।


शुक्रवार ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, ‘चीनले अमेरिकासँगको सम्झौता पूर्णरूपमा उल्लंघन गरेको छ ।’ केही घण्टा अघि मात्र अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनसँगको व्यापार वार्ता ‘अवरुद्ध’ भएको बताएका थिए ।



जेनेभामा भएको वार्तापछि अमेरिका–चीनले उच्च दरका आयात कर अस्थायी रूपमा घटाउने सहमति गरेका थिए । तर, अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले भने बेइजिङले ‘महत्वपूर्ण खनिज पदार्थहरूको आपूर्ति रोक्ने वा सुस्त बनाउने’ रणनीति अपनाएको आरोप लगाए ।

ग्रीरका अनुसार चीनसँगको व्यापार घाटा अझै व्यापक छ र वासिङ्टनले चिनियाँ व्यवहारमा खासै सुधार देखेको छैन । उता अर्थमन्त्री बेसेन्टले ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच स्थिति सम्हाल्न वार्ता हुनसक्ने संकेत दिएका छन् । 





  • प्रकाशित मिति : १६ जेठ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया