२५ मंसिर, २०८२ बिहीबार
Dec. 11, 2025

मुम्बईले गुजरातलाई दियो २२९ रनको लक्ष्य, रोहितको उत्कृष्ट ब्याटिङ

इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को एलिमिनेटर खेलमा मुम्बई इण्डियन्सले गुजरात टाइटन्सलाई २ सय २९ रनको लक्ष्य दिएको छ ।


नयाँ चण्डिगढस्थित महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २८ रन बनायो ।



उसका लागि पूर्वकप्तान रोहित शर्माले उत्कृष्ट पारी खेले । उनले ५० बलमा ९ चौका र ४ छक्कासहित ८१ रनको पारी खेलेका हुन् । यस्तै, जोनि बेयरिस्टोले २२ बलमा चार चौका र तीन छक्कासहित ४७ रन जोडे । 



यस्तै, सूर्यकुमार यादवले ३३, तिलक बर्माले २५ र कप्तान हार्दिक पाण्ड्याले अविजित २२ रन बनाए । गुजरातका लागि साई किशोर र प्रसिद्ध कृष्णाले दुई/दुई तथा मोहम्मद सिराजले एक विकेट लिए । 

गुजरात लिग चरणमा तेस्रो र मुम्बई चौथो स्थानमा रहँदै एलिमिनेटर खेलिरहेका हुन् । यो सिजनमा यी दुई टिमको यो तेस्रो प्रतिस्पर्धा हो । यसअघि भएका दुई खेलमा गुजरात विजयी भएको थियो ।

एलिमिनेटरको विजेता टिमले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । त्यहाँ उसले पञ्जाब किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वालिफायरको विजेताले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) सँग उपाधिका लागि भिड्नेछ । 



आरसिबीले बिहीबार पञ्जाबलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । 

  • प्रकाशित मिति : १६ जेठ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया