१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

सुदूरपश्चिम विकासको नयाँ मार्ग : महाकाली करिडोर

दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ का नरेश अवस्थी महाकाली करिडोर निर्माणपछि नेपाल–भारत र चीनसँग व्यापार र रोजगारीका अवसर बढ्ने विश्वास व्यक्त गर्छन् । सुदूरपश्चिम अहिले सीमित आर्थिक गतिविधि रहेको तर करिडोरले यस क्षेत्र र मुलुककै आर्थिक विकासमा ठूलो योगदान दिने उनको भनाइ छ ।


दार्चुलाको तिङ्करदेखि कञ्चनपुरको ब्रह्मदेवसम्म नदी किनारै निर्माण हुँदै गरेको करिडोरले यातायात सहज बनाउँदै स्थानीय बस्तीहरूलाई सडक सञ्जालमा जोड्नेछ । मालिकार्जुन गाउँपालिका–५ का वडा अध्यक्ष मदन चन्दका अनुसार करिडोरले लामो दूरीको यात्रा घटाएर आर्थिक गतिविधि बढाउनेछ ।



यो सडकले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलालाई जोड्दै तिङ्कर त्रिदेशीय नाकासम्म पुग्नेछ । यसले धार्मिक स्थलहरू जस्तै सिद्धवैजनाथ, परशुरामधाम, त्रिपुरा सुन्दरी र मालिकार्जुन धाम लगायत पर्यटकिय गन्तव्यलाई थप प्रवर्द्धन गर्नेछ ।

महाकाली लोकमार्ग आयोजना कार्यालयका अनुसार हालसम्म २३० किलोमिटर ट्र्याक खुलेको छ भने बाँकी ५५ किलोमिटर खोल्न बाँकी छ । चालू आर्थिक वर्षमा रु ४१ करोड ५० लाख बजेट विनियोजन भएको छ । यद्यपि बजेट अभाव र प्रक्रिया जटिलताका कारण निर्माणमा ढिलाइ भइरहेको छ ।



करिडोरसँगै बनेको चार लेनको पुल र सुक्खा बन्दरगाहले सुदूरपश्चिमको आर्थिक समृद्धिमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । करिडोरले करिब एक करोड जनसंख्यालाई प्रत्यक्ष लाभ पुग्नेछ भने व्यापारिक र धार्मिक दृष्टिले पनि महत्वपूर्ण साबित हुनेछ । रासस 



  • प्रकाशित मिति : १७ जेठ, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया