२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

कमल थापालाई भेट्न गएका राप्रपा सांसद दीपक सिंह प्रहरी परिसरबाटै पक्राउ
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । सिंहलाई प्रहरी परिसरमैबाट नियन्त्रणमा लिइएको बताइएको छ । यसअघि पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न प्रहरी परिसर पुगेका सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 


प्रहरीले राजावादी आन्दोलनमा सहभागी नेताहरूलाई निगरानी गरिरहँदा सिंह पनि पहिलेदेखि नै प्रहरीको निगरानीमा रहेको बुझिएको छ । राप्रपा नेताहरूले भने सांसद सिंहलाई कुनै कारणबिना पक्राउ गरिएको दाबी गरेका छन्।  



राप्रपा, राप्रपा नेपाल, अन्य राजावादी समूह र हिन्दू राष्ट्र पक्षधर संगठनहरूले राजसंस्था पुनर्स्थापनाको मागसहित जेठ १५ गतेदेखि नयाँ चरणको आन्दोलन थालेका हुन् ।





  • प्रकाशित मिति : १८ जेठ, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया