२४ मंसिर, २०८२ बुधबार
Dec. 10, 2025

हिजाजीको एउटा आँखा गुम्यो, अर्कोको पनि ज्योति गुम्ने खतरा

गाजामा इजरायली विस्फोटक पदार्थ उठाउँदा विस्फोट भएपछि आंशिक दृष्टि विहीन भएका सात वर्षीय मोहम्मद हिजाजी आफ्नो दृष्टि बचाउन सङ्घर्षरत छन् । उनी तत्काल उपचारको पर्खाइमा छन् । 


उत्तरी गाजाको जबालियाका हिजाजी इजरायली बम विस्फोटबाट बच्न आफ्नो परिवारसँग दक्षिणतिर भागेका थिए । तर जोगिंदा-जोगिंदै पनि मार्चमा एक दिन उनले अन्जानमा एउटा शङ्कास्पद वस्तु छुन पुगे । जुन इजरायली सैनिकहरूले छाडेको विस्फोट नभएको हतियार थियो ।



उक्त विस्फोटबाट हिजाजीको एउटा आँखाको नानी गुम्यो । र अर्को आँखा पनि चिकित्सकको हेरचाह नपाएका कारण एट्रोफीको जोखिममा छ । जसको उपचारका लागि तत्काल सम्भव छैन । 

अबु मोहम्मद आफ्नो छोरालाई आवश्यक उपचारको लागि गाजाबाट बाहिर निकाल्न आतुर छन् । 



उनी प्रार्थना गर्छन्–सानो मोहम्मदले फेरि एउटै आँखाले भए पनि संसार देख्न सकोस् । यो घटना २५ मार्च २०२५ मा भएको थियो । बिहानै विस्फोटको आवाज सुनियो । जस बेला हिजाजी शङ्कास्पद वस्तुसँग खेलिरहेका थिए । 

सात वर्षको बच्चा भएकाले, उसलाई बम हो भन्ने थाहा भएन । खेलौना हो भन्ने सोच्यो,तर विस्फोट भयो । परिवारले उसलाई रगतले लतपतिएको अवस्थामा भेटायो । उसको आकस्मिक शल्यक्रिया भयो । र, दाहिने आँखा निकालियो । 

देब्रे आँखा जोगाउन डाक्टरले चमत्कार आवश्यक पर्ने बताएका छन् । यदि यी बालकलाई चाँडै विदेशमा उपचार नगरे उसले आफ्नो अर्को आँखा पनि गुमाउन विवश हुनेछन् । 



यी बालकले आफ्ना दुवै आँखा गुमाए भने निश्चय पनि उनको परिवारका लागि अत्यन्तै पीडादायी हुनेछ । अरू केटाकेटीहरू खेलिरहेको, भाइबहिनीहरू बाहिर खेल्न गएको देख्नु परिवारका लागि पीडादायी पल हो । 

हिजाजीलाई इन्जिनियर बन्ने इच्छा थियो । आँखामा चोट लाग पनि फेरि संसार हेर्ने र इन्जिनियर बन्ने सपना भने उनले त्यागेका छैनन् ।  

सिसिटिभी प्लस 

  • प्रकाशित मिति : २० जेठ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया