२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

गाजामा सहायता वितरणस्थलमा घातक आक्रमण, संयुक्त राष्ट्रसंघले भन्यो- युद्ध अपराध

संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले गाजामा सहायता वितरण स्थल वरपर सर्वसाधारणमाथि भएका आक्रमणलाई ‘युद्ध अपराध’ को संज्ञा दिएका छन् । 


मङ्गलबार जारी वक्तव्यमा उनले इजरायली सेनाले सहायता लिन भिडिएका नागरिकमाथि गोली प्रहार गर्नु अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घन भएको बताएका हुन् ।



प्यालेस्टिनी उद्धारकर्ताका अनुसार मङ्गलबार गाजाको दक्षिणी सहर रफाहमा सहायता वितरण केन्द्र नजिकै गरिएको गोली प्रहारमा कम्तीमा २७ जना नागरिकको ज्यान गएको छ ।

यो घटना आइतबारको त्यस्तै प्रकृतिको आक्रमणपछि भएको हो, जहाँ सोही क्षेत्रमा ३१ जनाको मृत्यु भएको थियो। साक्षीहरूका अनुसार ती सबै सहायता लिन गएका नागरिकहरू थिए।



‘गाजामा थोरै खाद्यान्न प्राप्त गर्न खोज्ने नागरिकहरूमाथि लगातार भइरहेको घातक आक्रमण असहनीय र अमानवीय छन्,’ टर्कको वक्तव्यमा भनिएको छ, ‘लगातार तेस्रो दिन, गाजा ह्युम्यानिटेरियन फाउन्डेसन (जिएचएफ) द्वारा सञ्चालित सहायता वितरण केन्द्र वरपर मानिसहरू मारिएका छन् । आज बिहान मात्रै हामीले दर्जनौं नागरिक मारिएको र घाइते भएको जानकारी पाएका छौँ ।’

जिएचएफ हालै गठन भएको संस्था हो, जसलाई अमेरिका समर्थित छ र इजरायलको सहकार्यमा गाजामा नयाँ सहायता संयन्त्र लागू गरिएको हो । तर, संयुक्त राष्ट्रसंघले यस संस्थासँग काम नगर्ने स्पष्ट गरेको छ । ‘तटस्थता, निष्पक्षता र स्वतन्त्रताको मानवीय सिद्धान्त पूरा नगर्ने’ भन्दै संयुक्त राष्ट्रसंघले यसप्रति असहमति जनाएको हो ।

टर्कले ती आक्रमणको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न र दोषीलाई जवाफदेही बनाउन आग्रह गरेका छन् ।  



  • प्रकाशित मिति : २० जेठ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया