गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सरकार र यातायात व्यवसायीबीच भएको सहमति कार्यान्वयन गर्न मंगलबार गण्डकी प्रदेशलाई पत्र पठाएको थियो । सोहीअनुरूप आज साँझ मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले नियमावली कार्यान्वयन स्थगित गर्ने निर्णय गरेको हो ।
वार्ता समितिले सरोकारवाला पक्षसँग एक महिनाभित्र छलफल टुंग्याउने गरी प्रक्रिया अघि बढाउने र सो अवधिमा नियमावली लागू नगर्ने निर्णय गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।