१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

यातायात व्यवसायीको आन्दोलन फिर्ता

गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरूले आह्वान गरेका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।


मंगलबार साँझ बसेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले देशव्यापी आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय गरेको महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।



गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली कार्यान्वयनमा ल्याएसँगै यातायात व्यवसायीहरूले आपत्ति जनाउँदै आन्दोलन सुरु गरेका थिए । यसको प्रत्यक्ष असर स्वरूप देशभर सार्वजनिक यातायात सेवा ठप्प भएको थियो ।

प्रधानमन्त्री कार्यालयबाट प्राप्त निर्देशनपछि गण्डकी प्रदेश सरकारले नियमावलीलाई हाललाई एक महिनाका लागि स्थगित गर्ने निर्णय लिएको हो ।





  • प्रकाशित मिति : २० जेठ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया