१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

दक्षिण कोरियाको राष्ट्रपतिमा ली जे-म्युङ निर्वाचित

दक्षिण कोरियाको राष्ट्रपति निर्वाचनमा वामपन्थी झुकावको लिबरल डेमोक्रेटिक पार्टी अफ कोरिया (डीपीके) का नेता ली जे–म्युङ विजयी भएका छन् । उनले सत्तारुढ पीपुल पावर पार्टी (पीपीपी) का उम्मेदवार किम मून–सूलाई पराजित गर्दै राष्ट्रपति पद हात पारेका हुन् ।


प्रारम्भिक मतगणनाका अनुसार लीले कुल ४८.३१ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी किमले ४२.९ प्रतिशत मतमा सीमित हुनुपर्‍यो । निर्वाचन जितपछि आयोजित सम्बोधनमा लीले जनताप्रति कृतज्ञता प्रकट गर्दै भने, ‘म मतदाताहरूको विश्वासप्रति आभारी छु । म यो जिम्मेवारी कहिल्यै बिर्सिने छैन । देशलाई एकताबद्ध गर्न, अर्थतन्त्रमा सुधार ल्याउन र उत्तर कोरियासँग दीगो शान्ति स्थापना गर्न म पूर्ण रूपमा समर्पित हुनेछु ।’



त्यस्तै, पराजित उम्मेदवार किम मून–सूले चुनावी नतिजालाई स्वीकार गर्दै भने,‘म जनताको निर्णय विनम्रतापूर्वक स्वीकार गर्छु र ली जे–म्युङलाई जितको लागि बधाई दिन्छु ।’  





  • प्रकाशित मिति : २१ जेठ, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया