२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

जनसंख्याको सन्तुलन गुमाउँदै जापान : जन्मदर घट्यो, मृत्युदर बढ्यो

जापानमा जन्मदर ऐतिहासिक रूपमा घट्दै गएको छ । सरकारी तथ्याङ्कअनुसार सन् २०२४ मा देशभर जम्मा ६ लाख ८६ हजार ६१ शिशुको जन्म भयो । यो सन् १८९९ यताकै सबैभन्दा कम दर हो ।


अघिल्लो वर्षको तुलनामा यो संख्या ४१ हजारभन्दा बढीले घटेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार जापानको कुल प्रजनन दर पनि १.१५ मा झरेको छ, जसले चिन्ता थपेको छ ।



सोही वर्ष १६ लाख मानिसको मृत्यु भएको छ, जुन अघिल्लो वर्षभन्दा १.९ प्रतिशतले बढी हो । 

प्रधानमन्त्री शिगेरु इशिबाले यो अवस्थालाई ‘शान्त आपतकाल’ भनेका छन् र जन्मदर बढाउन लचिलो कार्यघण्टा, परिवारमैत्री नीति र ग्रामीण पुनरुत्थानको आह्वान गरेका छन् ।



करिब १२ करोड ३० लाख जनसङ्ख्या भएको जापान अहिले गम्भीर श्रम शक्ति अभावसँग जुझिरहेको छ । २० हजारभन्दा बढी गाउँहरूमा अधिकांश बासिन्दा ६५ वर्षभन्दा माथिका छन् ।

कडा अध्यागमन नीतिका कारण वृद्ध जनसङ्ख्यालाई आवश्यक सहयोग पुर्‍याउन गाह्रो भइरहेको छ ।

छिमेकी दक्षिण कोरियामा सन् २०२४ को प्रजनन दर जापानभन्दा पनि कम, मात्र ०.७५ रहेको छ । तर, विवाहमा भएको वृद्धिका कारण त्यहाँ जन्मदर थोरै बढेको छ ।



  • प्रकाशित मिति : २१ जेठ, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया