विराटनगर– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताको बेला भएका सहमतिलाई आफूले स्मरणमात्र गरेको बताएका छन् ।
विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले सरकार परिवर्तनको कुरालाई अतिरञ्जित रूपमा प्रचार गरिएको बताए । यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राम्रोसँग बुझेको प्रचण्ड भनाई छ ।
उनले भने, ‘मैले अन्तर्वार्तामा पार्टी एकताको बेला हाम्राबीच भएका कुरालाई स्मरण मात्र गरेको छु । ठूलो प्रचार गर्नुपर्ने, होहल्ला गर्नुपर्ने । बिल्कुल नयाँ विषय मैले बोलेकै छैन ।’
प्रचण्डले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ओली र आफूबीच आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको र सो सहमति पालना हुने विश्वास व्यक्त गरेका थिए ।
अबको १५ महिनापछि ओलीले सत्ता सुम्पिने प्रचण्डको विश्वास छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।