१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

किर्किस्तानका पूर्वराष्ट्रपतिलाई ११ वर्ष जेल सजाय, भ्रष्टाचार गरेको अभियोग

किर्किस्तानको एक अदालतले देशमा भ्रष्टाचार र व्यापक अशान्तिमा संलग्नता भएको अभियोगमा एक निर्वासित पूर्व राष्ट्रपतिलाई ११ वर्षभन्दा बढी जेल सजाय सुनाएको छ ।


सन् २०११ देखि २०१७ सम्म राष्ट्रपति रहेका अल्माज्बेक अताम्बायेभले निर्वाचित राष्ट्रपतिलाई गणतन्त्र किर्किस्तानको शान्तिपूर्ण सत्ता हस्तान्तरण गरेका थिए । सन् १९९१ मा सोभियत सङ्घको पतनसँगै स्वतन्त्रता प्राप्त गरेयता किर्गिजस्तानमा तीनवटा क्रान्ति भएका छन् ।
 
अताम्बायेभलाई पहिलो पटक अगस्ट २०१९ मा उनको निवासमा छापा मारी पक्राउ गरिएको थियो, त्यसपछि सन् २०२० को आन्दोलनबीच अस्थायी रूपमा मुक्त गरिएको थियो भने पछि उहाँलाई पुनः पक्राउ गरिएको थियो ।



सन् २०२३ मा स्वास्थ्यको कारण देखाउँदै उनी जेलबाट छुटेका थिए । उनी उपचारका लागि स्पेन जानुभएको थियो भने त्यसयता उनी स्वदेश फर्किएका छैनन् । 

एक नयाँ मुद्दामा अदालतले उनलाई अवैध रूपमा भूमि अधिग्रहण गरेको र सन् २०१९ अगस्तमा व्यापक अशान्तिमा भाग लिएको अभियोगमा दोषी ठहर गरेको छ । 



अदालतले उनको अनुपस्थितिमा साढे ११ वर्षको जेल सजाय सुनाएको छ ।
 
किर्किस्तानका वर्तमान राष्ट्रपति सादिर जापारोभले अताम्बायेभलाई आममाफी दिन आग्रह गरेमा आफूले माफी दिनेबारे विचार गर्ने बताएका छन् । 
 
उनले भने, ‘घटना भएको छ वर्ष बितिसकेको छ । स्थिति शान्त भएको छ । मलाई लाग्छ, अदालत कम कठोर हुन सक्थ्यो,’​ जापारोभले किर्किस्तानको राज्य सञ्चालित समाचार संस्था कबारसँग बताए । 

जापारोभ सन् २०२० को आन्दोलनको बलमा सत्तामा स्थापित भएका थिए । यो देशलाई लामो समयदेखि मध्य एसियाको सबैभन्दा स्वतन्त्र र लोकतान्त्रिक देशको रूपमा हेरिएको थियो । 

तर हालैका वर्षहरूमा किर्किस्तानका सरकार र प्रशासकहरूले लोकतान्त्रिक प्रतिगमन अङ्गालेको र स्वतन्त्र नागरिक समाज र सञ्चार माध्यमहरूमाथि बढ्दो दमन गरेको भनी अधिकारवादी समूहहरूले आलोचना गरेका छन् । 



  • प्रकाशित मिति : २१ जेठ, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया