२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

अन्नपूर्णको काखमा गुञ्जियो फ्रान्सेली संगीत

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलोपटक ‘फ्रान्सेली संगीत’ गुञ्जिएको छ । अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’को अवसरमा समुद्री सतहदेखि ४ हजार ५० मिटर उचाइमा रहेको आधार शिरमा फ्रान्सेली कलाकारको टोलीले सांगीतिक प्रस्तुति राखेका हुन् । 


अन्नपूर्ण गाउँपालिकाको नारच्याङदेखि दुई दिनको पैदलयात्रा गरेर आधार शिविर पुगेका फ्रान्सेली कलाकारले आधार शिविर क्षेत्रको प्राकृतिक सौन्दर्यमा रमाउँदै आफ्नो सांगितिक प्रस्तुति दिए । अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगका छोरा माथिएस हर्जोगको नेतृत्वमा रहेको अन्नपूर्ण संगीत समूहले आधार शिविरमा नेपाली संगीतको झल्को दिने सांगीतिक प्रस्तुति राखेका हुन् । 



हार्मोनियम, बाँसुरी, गितार लगायतका नेपाली बाध्यबाधनका साधनको संगीतमा फ्रान्सेली कलाकारहरूले राखेको सांगितिक प्रस्तुतिले आधार शिविरमा पुगेका आन्तरिक पर्यटकहरू लोभिएको अन्नपूर्ण हीरक महोत्सव आयोजक समितिका सदस्य तेज गुरुङ सुनाउँछन् । 

कलाकारले नेपाली पन झल्कने संगीत, गीत प्रस्तुत गर्नुका साथै फ्रान्समा प्रचलित नृत्य समेत प्रस्तुत गरेका थिए । अन्नपूर्ण हिमालको काखमा रहेको मनोरम पञ्चकुण्ड ताल परिसरमा प्रस्तुत संगीतमा नेपाली र विदेशी पर्यटकले रुचिका साथ अवलोकन गरेका थिए  । गाउँबस्ती टाढा, शान्त र मनोरम प्राकृतिक सुन्दरतामा रमाइरहेका अन्नपूर्ण आधार शिविर पुगेका पर्यटकहरू नेपाली पन झल्कने संगीत श्रवण र अनौठो नृत्यलाई रमाइलो मानेर उत्साहित बनेका थिए ।





  • प्रकाशित मिति : २१ जेठ, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया