प्रचण्डको अभिव्यक्ति सरकार परिर्वनको संकेत : अमरेशकुमार सिंह

बुटवल–नेपाली कांग्रेसका नेता तथा सांसद अमरेशकुमार सिंहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई लिएर सरकार परिवर्तनको संकेत देखा पर्न थालेको बताएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा भारत गएकै बेला प्रचण्डले ५ बुँदे सहमति बाहिर ल्याउनु सामान्य नरहेको भन्दै यसबाट सरकार परिवर्तनको संकेत मिलेको उनको दाबी छ । 

बुटवलमा शनिबार आयोजित एक कार्यक्रममा कांग्रेस नेता सिंहले भने, ‘यो प्रधानमन्त्रीसँग डिल नगर, अब म प्रधानमन्त्री बन्नेवाला छु भन्ने सन्देश प्रचण्डले मोदीलाइ दिएका हुन् ।’

सिंहले ५ वर्ष ओली नेतृत्वको सरकार रहिरहे देशमा लोकतन्त्र नै नरहने दाबी गरे । उनले भने, ‘ओली र राष्ट्रपति मिलेर शासन गर्न खोजेका छन्, हरेक गाउँपालिका र नगरपालिकामा भ्रष्टाचार बढिरहेको छ , नेपाली जनता र लोकतन्त्र कमजोर बनाउन प्रधानमन्त्री नै लागि परेका छन् ।’

प्रधानमन्त्रीले बुद्धिजिविलाई कोट काट्ने मुसा भन्ने गरेको र प्रेसको कलम पनि निमोठ्ने प्रयास गरेको भन्दै व्यक्ति मोटाएर अधिनायवाद मात्र आउने तर देश कहिल्यै नबन्ने बताए । 

लोकतन्त्र र कम्युनिस्ट सरकार सँगसँगै जान नसक्ने भन्दै उनले सरकारले  शक्ति पृथकीकरणको सिद्धान्तलाई लत्याएको समेत दाबी गरे । 





  • प्रकाशित मिति : जेठ १८, २०७६ शनिबार १३:८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया