अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयमा नयाँ विदेशी विद्यार्थीहरूको भिसामा कडा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । यो कदम ट्रम्प प्रशासनको उच्च शिक्षामाथि कडाइको हिस्सा हो ।
नयाँ भर्ना भएका वा विनिमय कार्यक्रममार्फत हार्वर्डमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीहरूले अब अमेरिका प्रवेश गर्न कठिनाइ सामना गर्नुपर्नेछ । ट्रम्प प्रशासनले विदेशी विद्यार्थीहरूलाई ‘राष्ट्रिय सुरक्षा’ को दृष्टिले खतरा मानेर यस्तो कदम चालेको हो ।
यसअघि पनि ट्रम्प र हार्वर्डबीच भर्ती प्रक्रिया र शैक्षिक कार्यक्रमहरूको नियन्त्रणलाई लिएर विवाद भइरहेकाले यस कदमले द्वन्द्व झनै बढ्ने देखिन्छ ।
हाल हार्वर्डमा अध्ययनरत विदेशी विद्यार्थीहरूको भिसा समीक्षा गरिनेछ र आवश्यक परेमा रद्द गरिने पनि विज्ञप्तिमा उल्लेख छ । ट्रम्पले शैक्षिक संस्थाहरूले आपराधिक गतिविधि र दुर्व्यवहारबारे पर्याप्त जानकारी नदिएको आरोप समेत लगाएका छन् । यो प्रतिबन्ध तुरुन्तै लागू हुने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।