१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

हब इन्टरनेशनलको आयोजनामा शैक्षिक मेला : विदेशी कलेज प्रतिनिधिसँग संवाद
विद्यार्थीलाई मार्गदर्शक बन्यो हबको एजुकेशन फेयर

हब इन्टरनेशनल एजुकेशनले ‘ग्राण्ड मल्टिडेस्टीनेशन एजुकेशन फेयर–२०२५’ भव्यताका सम्पन्न गरेको छ । हबको काठमाडौं हात्तीसारस्थित केन्द्रीय कार्यालय र ललितपुरस्थित कुमारीपाटीमा रहेको शाखाका कार्यालयमा सञ्चालन भएको एकजुकेशन फेयर भव्यताका साथ सम्पन्न भएको हो ।


बुधबार हबको केन्द्रीय कार्यालयमा भएको एजुकेशन फेयरमा करिब ३ सय विद्यार्थी तथा अभिभावक सहभागी भएको हबले जनाएको छ । त्यस्तै, कुमारीपाटी शाखा कार्यालयमा बिहीबार भएको एजुकेशन फेयरमा करिब २ सय विद्यार्थी तथा अभिभावकले सहभागिता जनाएर वैदेशिक शैक्षिक प्रणालीबारे जानकारी लिए ।



कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको उक्त एजुकेशन फेयरमा विदेशबाट उच्च शिक्षा लिने योजना बनाएका विद्यार्थीले आफ्नो जिज्ञासा पूरा गरेको हबले जनाएको छ । करिब दुई दशकदेखि शैक्षिक परामर्श सेवा क्षेत्रमा अनवरतरूपमा काम गर्दै आइरहेको हब इन्टरनेशनल एजुकेशनले विभिन्न समयमा विद्यार्थीलाई जानकारीमूलक सन्देश प्रवाह गर्ने उद्देश्यसहित यस्ता शैक्षिक मेलाको आयोजना गर्ने गरेको छ ।



उक्त शैक्षिक मेलामा आयरल्याण्ड, अस्ट्रेलिया, न्यूजिल्यान्ड, क्यानडा, अमेरिका, जर्मनी, डेनमार्क, स्विडेन, फिनल्याण्ड, र भारतलगायतका ३० भन्दा बढी उत्कृष्ट विश्वविद्यालय तथा कलेजका प्रतिनिधि सहभागी भएका थिए । ती प्रतिनिधिसँग प्रत्यक्ष भेट गरेर विद्यार्थीले त्यहाँको शैक्षिक प्रणाली, छात्रवृत्ति, अध्ययनका लागि ती देशका विश्वविद्यालयहरूमा जाने प्रक्रिया, भर्ना तथा शैक्षिक शुल्कलगायतको विषयमा जानकारी लिएका थिए । विश्वविद्यालयकै प्रतिनिधिसँग प्रत्यक्ष भेट गरेर अर्थात् जानकारी लिन पाउँदा विद्यार्थी उत्साहित देखिएको हबले जनाएको छ ।

बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन भएको उक्त एजुकेशन फेयरमा निःशुल्क प्रवेश दिइएको थियो । साथै हबले एकजुेशन फेयरकै अवसरमा सहभागी विद्यार्थीलाई आइएलटिस र पिटिई मात्र कक्षा २० हजार ८२ रुपैयाँमै सुरु गर्न सक्ने अवसर प्रदान गरेको थियो ।

कक्षा १२ को अध्ययनपछि र स्नातक तह पछिको उच्च शिक्षा अध्ययनका लागि विदेश जाने योजना बनाएका विद्यार्थीका लागि यो शैक्षिक मेला फलदायी सावित भएको छ । शैक्षिक मेलाले विद्यार्थीलाई आवश्यक जानकारी दिनुका साथै मार्गदर्शन प्रदान गर्न मद्दत पुर्याएको हब इन्टरनेशनल एजुकेशनले विश्वास लिएको छ । 



  • प्रकाशित मिति : २२ जेठ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया