१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

हिमानी र हृदयन्द्र पुगे जुम्ला, भ्रमणको खास रणनीति के हो ?

जुम्ला पुगेकी पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयन्द्र शाहलाई भव्य स्वागत गरिएको छ ।​ गुठिचौरमा बर्थिङ सेन्टरको शिलान्यास र हिमामा सिँचाइ पोखरीको उद्घाटन गर्न शनिबार उनीहरू जुम्ला पुगेका हुन् । 


हिमानी ट्रस्टले निर्माण गर्न लागेको बर्थिङ सेन्टर शिलान्यास गर्न सांसद ज्ञानेन्द्र शाहीको साथमा जुम्ला पुगेका हुन् । जुम्लाका दुई स्थानमा बर्थिङ सेन्टर बनाइने सांसद शाहीले बताएका छन् । 



पछिल्लो समय राजावादीहरू राजसंस्था पुनःसस्थापनाको मागसहित सडक संघर्षमा छन् । राजावादी राजनीतिक दल र विभिन्न समूहहरूले राजतन्त्र फर्काउनुपर्ने मागसहित पछिल्लोसमय आन्दोलन गरिरहेका हुन् । त्यो आन्दोलनमा सहभागी एक प्रमुख दलका प्रमुख नेता राप्रापा नेपालका अध्यक्ष कमल थापाले हृदयन्द्रलाई राजा बनाउनुपर्ने प्रस्तावनै अघि सारेका छन् । यही बेलामा  आमाछोरा हिमानी र हृदयन्द्र जुम्ला पुग्नुलाई अर्थपूर्णरूपमा पनि हेरिएको छ । 

 





 

  • प्रकाशित मिति : २४ जेठ, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया