शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रारम्भिक बाल विकास शिक्षा सम्बन्धी दस्ताबेजमा नै भ्रम भएको बताएका छन् ।
संघीय सांसदहरूको सहकार्य समन्वय समूहले शनिबार आयोजना गरेको प्रारम्भिक बाल विकास सम्बन्धी परामर्श कार्यक्रममा बोल्दै उनले (इसिडि) प्रारम्भिक बाल विकासलाई आधारभूत शिक्षासँग जोड्ने कि नजोड्ने भनी स्पष्ट नभएको बताएका हुन् ।
‘हाम्रो शिक्षा सम्बन्धी डकुमेन्टमा भ्रम छ । शिक्षा नीतिमा के लेखेको छ भने एकदेखि आठ कक्षासम्म आधारभूत भनिएको छ । अर्को कुनै दस्ताबेजमा हेर्नुहोस् एक वर्ष इसिडिदेखी आठसम्म आधारभूत भनिएको छ त्यो पनि सरकारकै दस्ताबेजमा । त्यसैले सबैभन्दा पहिला हामी स्पष्ट हुनुपर्छ इसीडी अथवा प्रारम्भिक बाल विकासलाई औपचारिक शिक्षासँग जोड्ने कि नजोड्ने,’उनले भने ।
उनले नीतिगतरुपमा नै प्रारम्भिक बाल विकासलाई विद्यालय शिक्षाबाट अलग्गै बनाइ छुट्टै विषयको रूपमा अगाडि बढाउनुपर्ने बताए । उनले शिक्षा सम्बन्धी कानुन बनाउँदा नेपाल सरकारको शिक्षा नीति र रणनीतिको आधारमा बनाउनुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।